April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो

3.3K

काठमाडौं-सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ।मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ तोकिएको छ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ।

सोमबार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय ३५ रुपैयाँ तोकिएको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement