चर्चा बटुल्न हैन, अधुरा सपना पुरा गर्न गीतसंगीतको क्षेत्रमा आएको हुँः वाङ्दी शेर्पा
भोजपुरमा जन्मिएका गीतकार तथा गायक वाङ्दी शेर्पा हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्छन् । उनी सन् २००० मा अमेरिका पुगेका हुन् । भोजपुर, धरान, काठमाडौं हुँदै अमेरिका पुगेका शेर्पा समाजसेवी पनि हुन् । तर, समाजसेवाको पाटोलाई भने उनी खासै चर्चा गर्न चाहँदैनन् । भन्छन्, ‘समाजसेवा मन र भावनाबाट गरिन्छ, जसलाई चर्चामा ल्याउनै पर्छ भन्ने जरुरी छैन...