काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच सिट बाँडफाँड हुँदा ६० सिट माओवादी केन्द्रले लिने दाबी गरेका छन् । वाँडफाँड भोलि बुधबारसम्ममा टुंगिने उनको दाबी छ ।
पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार बिहान धनगढी पुगेका उनले दाहालले सय सीट मागेको कांग्रेसले ८० सिट वरपर मान्ने संकेत दिएको दाबी पनि गरे । माओवादीले भने ६० लिने गरी भागबण्डा गर्न लागिएको भन्दै उहाँको जिकीर थियो ।
तर, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले पनि २५ मागिरहेकाले भागबण्डामा अप्ठेरो भइरहेको तर त्यसलाई बुधबार शीर्ष नेताहरू बसेर टुंगो लाग्ने उनले बताए । आफू चितवनको क्षेत्र नम्बर तीनबाटै चुनाव लड्ने पक्का रहेको भन्दै प्रचण्डले अन्यत्रबाट आफ्नो नाम सिफारिस गर्नुको अर्थ छैन भने ।




