November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कप्तान सन्दीप लामिछाने निलम्बनमा पर्नसक्ने संकेत

2.6K

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि नाबालिका किशोरीलाई जबरजस्ती करणीको आरोप लागेपछि निलम्बनमा पर्ने संकेत देखिएको छ ।

एक १५ वर्षीया किशोरीले लामिछानेमाथि बलात्कारको आरोप लगाउँदै मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी छन् । जाहेरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) लामिछानेलाई तत्कालका लागि निलम्बन गर्ने कि भन्ने विषयमा छलफलमा जुटेको बुझिएको छ । प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास अनुसार सन्दीपलाई निलम्बन गर्नुपर्ने बाध्यतामा क्यान पुगेको बताइन्छ ।

क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दीपले बलात्कार गरेको जनाइएको छ । घटनाको भोलिपल्ट ६ भदौमा सन्दीप केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न उडेका थिए ।

Advertisement

प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको होटेलको प्रमाण सङ्कलनको प्रक्रिया अघि बढाएको छ। सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल)खेल्न वेस्टइन्डिजमा छन्।