April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती दुताबास पुगे प्रधानमन्त्री देउवा, महारानीको निधनप्रति लेखे शोक सन्देश

1.9K

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति काठमाडौंस्थित बेलायती दुतावासमा गएर गहिरो दुख व्यक्त गरेका छन् ।

शनिबार विहान दूतवास पुगेका देउवाले दुताबासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि ९६ बर्षको उमेरमा भदौ २३ गते बालमोरलमा निधन भएको हो ।

नेपाल सरकारले महारानीको निधनमा तीन दिन शोक मनाउने निर्णय गरिसकेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व.महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।