नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा सवारश्रीमान-श्रीमतीको मृत्यु
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राममा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवारश्रीमान-श्रीमतीको मृत्यु भएको छ। प्रहरीका अनुसार को. ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार दिउँसो उनीहरूलाई ठक्कर दिएको थियो। त्यसक्रममा मोटरसाइकल चालक संखुवासभा धर्मदेवी नगरपालिका–३ बस्ने ३२ वर्षीय युवराज गुरूङ र मोटरसाइकलमा सवार उनकै श्रीमती ३२ वर्षीया...