काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका छन् ।
मन्त्री पदको शपथ लिएलगत्तै उनले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुगेर जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका हुन् ।
घिसिङले सो क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रुप लिने बताए ।
घिसिङलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।




