November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण, मृतकका परिवारलाई १० लाख दिने निर्णय

650

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिए । 

भदौ २३ मा भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

 ग्रहण गरे लगत्तै प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख दिने निर्णय गरेकी छन्।

Advertisement

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएकी छन्।