काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । शुक्रबार राति शीतल निवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
कार्कीलाई संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।
पहिलो महिला प्रधानन्यायाधीशको किर्तीमान रचेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको किर्तीमा पनि रहेकी छन् ।
जेन–जी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकार ढालेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।




