काठमाडौं । ‘३३ किलो सुन तस्करी काण्ड’का नाइके चूडामणि उप्रेती ‘गोरे’ जेलबाट फरार भएका छन् । जेनजीको प्रदर्शनको क्रममा उनी सुन्धारास्थित केन्द्रीय कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरू भाग्ने क्रममा गोरे फरार भएका हुन् ।
कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ५ सय मात्रै कारागारमा बसेका थिए । अहिले भने भागेका केही कैदीबन्दी फर्किएका छन् ।
सुरक्षा स्रोतकाअनुसार नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको थिए । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो ।
नेपाली सेना कारागार पुगुन्जेलमा करिब ३३ सय कैदीबन्दी फरार भइसकेको बताइन्छ ।




