काठमाडौं । चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव फेला परेको छ । भदौ २४ का दिन जेनजी प्रदर्शनको क्रममा आगजानी भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा शव भेटिएको हो ।
प्रहरीकाअनुसार गोदाममा जलेको अवस्थामा शव भेटिएको हो । शवको पहिचान भने खुलेको छैन ।
सो शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।




