काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथ भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा रहने तीन मन्त्रीहरुको शपथ भएको हो । नवनियुक्त मन्त्रीहरुमा ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री, कुलमान घिसिङ ऊर्जमन्त्री र रामेश्वर खनाल अर्थमन्त्री रहेका छन् ।
शपथ ग्रहणका लागि शीतल निवास परिसरमा मञ्च तयार पारिएको थियो ।
भदौ २४ गते प्रदर्शन क्रममा शीतल निवास पनि जलाइएको थियो । जलेकै भवन अगाडि मञ्च बनाएर मन्त्रीहरूको शपथ ग्रहण गरिएको थियो ।
शपथ ग्रहण समारोहमा विभिन्न उच्चपदस्थहरूको सहभागिता थियो ।




