काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनप्रति असहमति गर्ने भएको छ ।
नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीले संसद विघटन गर्ने समाचार बाहिरिएलगत्तै शुक्रबार बेलुकी पार्टीको पदाधिकारीको भर्चुअल बैठकबाट असहमति जनाउने निर्णय गरेको हो ।
बैठकपश्चात प्रेसित विज्ञप्तिमा भनिएको छ –“मुलुकको सवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ ।”
पार्टीका उपाध्यक्ष तथा प्रवक्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत असहमति प्रकट गरेको हो ।





