April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

प्रधानमन्त्री देउबा बेलायतमा, शनिबार एनआरएनए यूके र एनपीसीसी यूकेसित भेट गर्ने

२०७८ कार्तिक १३

5.4K

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउबा बेलायत आइपुगेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई स्वागत गर्न शुक्रबार साँझ नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, सहमहामन्त्री इन्द्रहाङ लिङदेन, कोषाध्यक्ष नोर्बू शेर्पा र अन्य सदस्यहरु नेपाली राजदुतावास लण्डन पुगेका थिए ।

नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको विश्वका नेताहरुको २६औं शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित शुक्रबार साँझ प्रधानमन्त्री लण्डन आइपुगेका हुन् ।

प्रधानमन्त्री यहाँ रहँदा उनीसँग गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूके, नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको नेपाली राजदुतावास लण्डनले जनाएको छ ।

Advertisement

जसअनुसार शनिबार बिहान १० बजे एनआरएनए यूकेले प्रधानमन्त्रीसंग औपचारिक भेट गर्ने र त्यसको लगत्तै बिहान ११ः३० बजे नेपाली काँग्रेसको बेलायत संगठन नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले उनीसंग भेट गर्ने कार्यक्रम रहेको छ ।

दुवै कार्यक्रमहरु नेपाली राजदुतावास लण्डनमै हुनेछन् ।

एनपीसीसी यूकेको कार्यक्रममा पार्टी नेता शेरबहादुर देउबाले बेलायतस्थित आफ्ना कार्यकर्ताहरुलाई आगामी १४र्औ महाधिवेशनको बारेमा आवश्यक जानकारी दिने एनपीसीसी यूकेका सभापति युवराज गुरुङले बताए ।

शनिबार साँझ नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा प्रधानमन्त्री सरिक हुनेछन् ।

आइतबार दुतावासले आयोजना गरेको भेटघाट कार्यक्रममा सरिक भई प्रधानमन्त्री स्कटल्याण्डतर्फ लाग्ने योजना रहेको छ ।