बेलायत, २२ फेव्रुवरी । नेपाली जनसम्पर्क समिति, युकेले समितिका कोषाध्यक्ष र नर्थ वेष्ट लण्डनका क्षेत्रीय महामन्त्रीलाई साधारण सदस्यबाटै निष्काशन गरेको छ ।
बेलायतको केन्टस्थीत दरबार रेष्टुरेन्टमा नेपाली जनसम्पर्क समिति, युकेले एक भेला गरी कोषाध्यक्ष असल लिम्बू र क्षेत्रीय महामन्त्री विनय दाहाललाई कारवाही गरेको हो ।
नेपाली जनसम्पर्क युकेको विधान विपरित कार्यहरु गरेको हुनाले संगठनले उनीहरुलाई स्पष्टीकरण मागेको तर स्पष्टीकरण नदिएर उल्दै समितिको लेटरप्याट दुरुपयोग री सभापति युवराज गुरुङ र महामन्त्री इन्द्रहाङ लिङ्देनलाई स्पष्टीकरण माग गरेको हुनाले विधानको धारा १० को उपधारा क बमोजिम साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।
भेलाले सन् २०२५ को समर समयमा मिति तय गरी जय नेपाल कप फुटबलको आयोजना गर्ने पनि निर्णय गरेको छ । त्यसैगरी नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, नेपालबाट प्राप्त क्रियाशिल सदस्यता पत्र क्षेत्रीय समितिको समायोजनामा क्षेत्रीय भेला गरी वितरण गर्ने निर्णय भएको छ ।
उक्त निर्णय कार्यसमितिका पदाधिकारीहरूm क्षत्रीय समितिका पदिाधिकारीहरू र महासमितिका सदस्यहरूको उपस्थिति तथा सहमतिमा गरिएको बताइएको छ ।