April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

नेपाली जनसम्पर्क समिति मकाउको १०औं वार्षिकोत्सब सम्पन्न

सन्देश लिम्बु
२०८१ श्रावण २२

46.6K

मकाउ । जनसम्पर्क समिति मकाउले आफ्नो दशौं वार्षिकोत्सब भव्य रुपमा मनाएको छ। ४ अगस्टमा ताईपास्थित रिजेन्सी आर्ट होटलमा सम्पन्न कार्यक्रममा मकाउका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

चीनको स्वसाशित राज्य मकाउको सांसद जोसे परेरा कौन्टिन्हो तथा अर्का सक्रिय राजनीतिज्ञ रिता सान्तोसको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा जनसम्पर्क समितिको कार्यसमितु तथा वर्तमान सरकारमा रहेको पार्टी नेपाली कांग्रेसको युवा संघठन तरुण दल नेपालको केन्द्रीय अध्यक्ष (सभापति) मिलन गुरुङका पिता तथा जनसम्पर्क समिति हङकङका पूर्व सभापति देव गुरुङ, जनसम्पर्क समिति हङकङका प्रमुख सल्लाहकार मिन बहादुर गुरुङ, जनसम्पर्क समिति मकाउका संरक्षक सल्लाहकार सुदर्शन थापामगर , जनसम्पर्क मकाउकै पूर्व सभापति तथा सल्लाहकार चण्डी योङ्या लगायत मकाउमा आवद्ध जनजाती महासंघ, किरात राई यायोख्खा, तमु समाज, मगर संघ, तामाङ घेदुङ संघ लगायतका संस्थाहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमलाई स्थानीय टिभी संचार टिडीएम च्यानल मकाउले मिडिया कभरेज गरेको थियो भने त्रिपक मगर, पार्वती राई लिम्बु, संगिता खनाल र सुमन रेग्मी लगायतको स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहेको थियो ।

Advertisement

कार्यक्रममा कोभिड पूर्व र वर्तमानमा मकाउस्थित नेपालीहरुको अवस्था, चुनौती र जनसम्पर्क समितिको भूमिकाबारे समितिकी सभापति निर्मला रानामगरले स्टेज संबोधन र मिडियालाई जानकारी गराएकी थिइन्।

यस्तै, प्रवासमा बसेर स्वदेशको चिन्तासँगै देशको हितको लागि गर्नुपर्ने तथा गर्न सकिने अनेक कार्यहरुबारे आफ्नो चिन्ता र सुझाव व्यक्त गर्दै संरक्षक तथा सल्लाहकार सुदर्शन थापामगरले मकाउस्थित कार्यरत नेपालीहरुको हकहितको निमित्त पनि आफूले हरसंभव लगातार सम्बन्धित संघसंस्था र निकायहरुसंग परामर्श र सहकार्य गरिरहेको बताएका थिए।

स्थानीय सासंद जोसे परेरा कौन्टिन्हो तथा अर्की नेतृ रिता सान्तोसले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु नेपाली समुदायसँग अत्यन्तै सन्तुस्ट रहेको र बिगत लामो समयदेखि नेपाली समुदायले मकाउको विकास र स्तरउन्नतिमा दिदै आईरहेको उच्च योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपाल-मकाउ बीच श्रम सम्झौता र कुटनीतिक सम्बन्ध स्थापनाको लागि पहल गर्ने बारे पनि आश्वासन दिएका थिए। साथै, मकाउमा कुनै प्रकारको श्रम या अन्य कानुनी समस्या आईपरे उचित परामर्श र सहयोगको लागि मकाउमा कार्यरत नेपालीहरुको लागि आफ्नो कार्यलय सदैव खुल्ला रहने जानकारी पनि गराए।