April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

कांग्रेसका जनसम्पर्क समितिमा अबदेखि दुई प्रकारका सदस्यता

440

काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिलाई दुई थरी सदस्यता वितरण गर्ने व्यवस्था पारित गरेको छ । अबदेखि विदेशी नागरिकता प्राप्त व्यक्तिहरूले जनसम्पर्क समितिको सदस्यता र नागरिकता नलिएकाहरूले क्रियाशील सदस्यता पाउने भएका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनसम्पर्क समितिलाई वितरण गरिने दोहारो सदस्यता प्रणालीबारेको प्रस्ताव पारित गरेको हो ।

नागरिकता प्राप्त व्यक्तिहरू जनसम्पर्क समितिको पदाधिकारी चयन गर्न पाउने भएपनि पार्टी महाधिवेशनमा भोटर हुने अवसरबाट भने बन्चित हुने भएका छन् । यसअघि पार्टीमा यस्तो व्यवस्था थिएन । कतिपय नागरिकता लिएकाहरूले पार्टी पार्टी महाधिवेशनमा भाग लिएका थिए ।

Advertisement

पार्टीको केन्द्रीय महाधिशेनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्छ । त्यसका लागि पार्टीको क्रिायशील सदस्यता हुनुपर्ने अनिवार्य व्यवस्था पार्टी विधानमा छ ।