लन्डन । नेपाली कांग्रेसकी महिला नेत्री पूर्व मन्त्री तथा नेपाली कांग्रेस पार्टीका सह-महामन्त्री डीना लक्ष्मी उपाध्याय र राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेस पार्टी कार्यालय मुख्य साचिव कृष्ण पौडेल बेलायत आइपुगेका छन् ।
भ्रमणका लागि बेलायत आइपुगेका उनीहरूलाई स्वागत गर्न नेपाली जनसम्पर्क समिति, बेलायतको टोली विमानस्थल पुगेको थियो ।
दुवैलाई बिहीबार पूर्व आइसीसी अध्यक्ष कुल आचार्यसहित समितिका पदाधिकारीले बिहीबार विमानस्थलमा स्वागत गरेको महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति, बेलायतका महामन्त्री इन्द्रहाङ लिङ्देनले जानकारी दिए ।