काठमाडौं । काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले राजीनामा दिएका छन् । च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताका कारण पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको विभिन्न पद र जिम्मेवारीमा लामो समयदेखि क्रियाशील रहदै उनले सामाजिक संजाल फेसबुकमार्फत पदबाट अलग भएको घोषणा गरेका हुन् । हाल उनी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन ।
यस्तै उनले पटकपटक अधिवेशनको माग र प्रयास हुँदाहुँदै पनि पार्टी नेतृत्व र जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय नेतृत्वको उदासीनताले च्याप्टरहरूको अधिवेशन समयमा सम्पन्न हुन नसकेकोमा सबैको ध्यानाकर्षण गराएका छन् । समयमै अधिवेशन सम्पन्न हुन नसक्नुमा आफ्नो भागमा पर्ने भूमिका र कमजोरीको निम्ति उनले क्षमायाचना पनि गरेका छन् ।