March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

श्रीलंका-११ विरुद्ध नेपाल बलिङमा

२०७८ फाल्गुन २७

1.6K

काठमाडौं । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेल्दै छ ।

शुक्रबार अन्तिम दिन श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । यससँगै नेपाल बलिङमा रहनेछ । यसअघि नेपालले तीन अभ्यास खेलमा जित हात पारेको थियो ।

अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै १४ मार्चमा युएई प्रस्थान गर्ने छन् । नेपालले लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

Advertisement

नेपालको टिममा कप्तान सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख रहेको छन् ।

त्यस्तै, श्रीलंका कम्बाईन ११ मा कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो र दिलांका अवाभ्दत रहेका छन् ।