October 26, 2025, Sunday
२०८२ कार्तिक १०
1:37:26 pm

देउवा निवासमा जलेको भनिएको पैसाबारे स्पष्ट गर्ने दायित्व घरवालाकै हो: शर्मा

725

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसाको जवाफ देउवाले नै दिनुपर्ने बताएका छन् ।

जेनजी आन्दोलनकारीको आक्रमणबाट ध्वस्त विराटनगरको कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने,‘यसलाई स्पष्ट गर्ने दायित्व घरवालाकै हो, स्पष्ट गर्ने कुरा उहाँहरूले गर्नुपर्छ । मैले ध्यानाकर्षण पनि गराइसकेको छु । यसलाई राज्यले अनुसन्धान गरेर हेर्ने हो, आशंका मात्रै हुन सक्छ । सत्य हुन सक्छ भन्ने कुरा त हामीले अनुमानका भरमा भन्ने कुरो भएन । यसलाई बस्तुगत हेर्ने दायित्व राज्यको हो ।’

महामन्त्री शर्माले आफूले टेलिफोन सम्पर्क गरेर सभापतिलाई यो विषयमा ध्यानाकर्षण गराएको पनि बताए ।

Advertisement

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बूढानीलकण्ठ निवासमा आगजनी र तोडफोड भएको थियो । निवास जल्दा नेपाली र विदेशी रुपैयाँहरू जलेको भिडिओहरू सार्वजनिक भएका थिए ।