नेपाल भारतसँग १० विकेटले पराजित
काठमाडौं । एसिया कपमा नेपाल भारतसँग १० विकेटको पराजित भएको छ । यससँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो । वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा...