April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

उपविजेतामा सीमित बनेपछि दर्शकसँग माफी मागिन् कप्तान एञ्जिलाले

२०८१ फाल्गुन १५

745

काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा उपविजेतामा सीमित बनेपछि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले दर्शकसँग माफी मागेकी छन् । बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै एञ्जिलाले माफी मागेकी हुन् ।

बुधबार काठमाडौंको रंगशालामा सम्पन्न भएको खेलमा नेपाल म्यानमारसँग २–० ले पराजित हुँदै १२औं पटक उपविजेतामा सीमित बनेको थियो ।

पुनः नेपाल पराजित भएपछि सामाजिक सञ्जालमा खेलाडीको आलोचना हुन थालेपछि तुम्बापोले सामा छन्, ‘फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं । कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु’ उनले भनेकी छन् ‘मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू—हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं’।

Advertisement

एञ्जिलाले आफूहरुभन्दा म्यानमार धेरै बलियो टोली भएको पनि बताएकी छन् । ‘पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं । तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ । त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ’ उनले भनेकी छन् ।

पछिल्लो वर्षमा महिला टिमले तीन वटा फाइनल खेलेको स्मरण गर्दै एञ्जिलाले यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन अवश्य उपाधि उचाल्ने विश्वास लिएकी छन् । ‘हामीलाई मात्र तपाईंहरूको माया, साथ, र समर्थनको खाँचो छ । यो प्रतियोगिता आयोजना गरी हामीलाई अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ ९एन्फा०का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धेरै धेरै धन्यवाद । कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहेनत गरेका छौं। नतिजा जस्तो भए पनि तपाईंहरूको समर्पण प्रशंसनीय छ१ निरन्तर अगाडि बढ्नुहोस’ उनले भनेकी छन् ।