November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रथम पाटीगाउँ कप-२०८२ आमन्त्रित फुटबल प्रतियोगिता हुने

चबेगु राज
२०८२ बैशाख १८

3.5K

प्रथम पाटीगाउँ कप-२०८२ आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । पाटीगाउँ खेलकुद विकास समिति केराबारी गाउँपालिका वडा नम्बर –१ पाटीगाउँको आयोजनामा जेठ २१ गतेदेखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने पाटीगाउँ खेलकुद विकास समितिका अध्यक्ष तिलक लिम्बूले जानकारी दिए ।

प्रतियोगितामा आठ समूह सहभागी रहने छ । पाटीगाउँमा पहिलोपटक ठूलो राशिको आमन्त्रित फुटबल प्रतियोगिता आयोजना हुन लागेको लिम्बूले बताएका छन् ।

प्रथम पुरस्कार नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो पुरस्कार नगद ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

Advertisement

प्रतियोगितामा म्यान अफ द म्याच,हाइ स्कोरर, बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट फर्वार्ड, बेस्ट कोच, द राइजिङ प्लेयर, म्यान अफ द टुर्नामेन्ट जस्ता पदक पनि दिइने आयोजकले घोषणा बताएको छ ।

यस प्रतियोगितामा प्रमुख सहयोगी केराबारी गा.पा. र विशेष सहयोगी केराबारी गा.पा. १ न. वडा कार्यालय रहने छन् ।