February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

400

विराटनगर । कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो संघको आयोजनामा कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। शनिबार विराटनगरमा प्रतियोगिताको उद्घाटन भएको प्रतियोगिता १९ र २० गते सम्म चल्ने छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ९ जिल्लाका १२७ खेलाडीहरुले विभिन्न उमेर तथा बेल्ट समूहमा प्रतिष्पर्धा गर्ने छन्।

Advertisement

प्रतियोगितामा शुभकामना मन्तव्य व्यक्त गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलकुद विकास बोर्डले वार्षिक तालिका अनुसार अन्य खेलका प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको बताएका थिए ।