January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

खेलकुद महोत्सव आयोजना गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्ड

सुजता लिम्बू
२०८१ माघ २५

2.2K

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव – २०८१ आयोजना गर्ने भएको छ। आज विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा बोर्डले वार्षिक रुपमा आयोजना गर्ने विभिन्न प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम) ले बताए ।

mostbet

बस्नेतले खेल महोत्सव आयोजना गर्न बोर्ड बैठकले सामाजिक विकास मन्त्री राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति समेत गठन गरेको जानकारी दिए ।

Advertisement

बस्नेतका अनुसार खेल महोत्सव अन्तर्गत बोर्डले प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता आयोजना गर्नेछ ।