November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रदेश खेलकुद महोत्सव: पुरुष सडक दौडमा लिम्बू र महिलामा बस्नेत प्रथम

२०८१ फाल्गुन १३

2K

विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव– २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम भएका छन् । लिम्बूले ५ किलोमिटरको रोड रेस १५ मिनेट ४४ सेकन्डमा पूरा गर्दै प्रथम भएका हुन् ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद महोत्सव मूलसमारोह समितिका अध्यक्ष पाँचकर्ण राईले उद्घाटन गरेकोे सडक दौडमा पाँचथरका ओसन राईले १५ मिनेट ४७ पूरा गर्दै दोस्रो स्थान हासिल गर्नु भएको थियो भने ताप्लेजुङ्ग अमिर लिम्बूले १६ मिनेट ११ सेकन्डमा रेस पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए ।

त्यस्तै, ५ किलोमिटरको महिला सडक दौडमा खोटाङ्गकी द्रिपा बस्नेतले १९ मिनेट ४० सेकन्डमा पूरा गर्दै प्रथम भएका थिए भने २० मिनेट १३ सेकन्डमा पूरा गर्दै पाँचथरकी पुष्पा लिम्बूले दोस्रो स्थान हासिल गरेकी थिइन् ।

Advertisement

तेस्रो स्थान २० मिनेट ३२ सेकन्डमा दौड पूरा गरेकी संखुवासभाकी सुनकला राईले प्राप्त गरेको महोत्सवको एथलेटिक्स प्रतियोगिता संयोजक थलु राजभण्डारीले जानकारी दिए ।