देशको राजधानी, बाग्मती प्रदेश र जिल्ला सदरमुकाम नजिक रहेको नुवाकोट जिल्लाको ऐतिहासिक एवम् विविधताले भरिपूर्ण सूर्यगढी गाउँपालिका । जहाँ खेलकुदप्रति चासो नभएका व्यक्ती कमै भेटिन्छन् । खेलमा पनि फुटबल खेलप्रति स्थानीयको असाध्यै रुचि रहेको पाइन्छ । तर आधुनिक खेल मैदान, भौतिक पूर्वाधार र दक्ष प्रशिक्षक अभावका कारण खेल विकासमा चुनौती छ । स्थानीय सरकार, खेलकुद संघ र निजी क्षेत्रबीच प¥याप्त सहकार्यका पहलहरू नभएको कारण पनि चुनौतिहरू तेर्सिएका हुन् । जिल्ला र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न स्थानीय खेलाडीहरूले नियमित तालिम, दक्ष प्रशिक्षक र सुरक्षित मैदानको आवश्यकता महसुस गरेका छन् ।
सूर्र्यगढी गाउँपालिका नेपालको एक अग्रणी ग्रामीण क्षेत्रको रूपमा फुटबल प्रेमीहरूका लागि सदियौंदेखि खेलकुदको केन्द्र रहँदै आएको छ । यहाँका युवा खेलाडीहरू फुटबलमार्फत सामाजिक एकता र शारीरिक विकासको नयाँ उर्जा प्राप्त गरिरहेका छन् । तर, केन्द्र स्तरीय (शहर)का आधुनिक खेल सुविधासँग तुलना गर्दा सूर्र्यगढीमा खेलकुदका पूर्वाधार र व्यवस्थापनका चुनौतीहरू झनै प्रष्ट देखिन्छन् ।
यस क्षेत्रमा फुटबलप्रतिको उत्साह उच्च छ । यहाँबाट राष्ट्रिय तहका ए, बी र सी डिभिजन खेलेका अनुभवी खेलाडिहरू उत्पादन भएका छन् । नुवाकोट जिल्लामा सूर्यगढी भन्ने बित्तिकै ‘बलियो प्रतिस्पर्धी समूह हो’ भन्ने छाप छ । विभिन्न प्रतियोगिताहरुमा सहभागि हुँदै उपाधीहरू हात पार्दै आइरहेका छौं । यो गौरवको कुरा पनि हो ।
पहिलेको तुलनामा यहाँको खेल गतिविधि तिब्र बन्दै गएको पाउन सकिन्छ । गाउँपालिकामा हुने स्थानीय प्रतियोगिताबाट खेलाडी छनौट गरी जिल्लामा हुने अफिसियल प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रदर्शन गर्ने गरेका छौं । तर, पुराना र असुरक्षित खेल मैदानले खेलाडीहरूको दीर्घकालीन विकासमा बाधा पु¥याइरहेको खेलाडी तथा खेलप्रेमिहरुको बुझाई छ ।
यहाँ धेरै मैदानहरू खुल्ला, अस्थायी र असुरक्षित अवस्थामा छन् । दक्ष प्रशिक्षक र स्थायी प्रशिक्षण क्लोज क्याम्पको अभावले होनहार खेलाडीहरूको विकास र नयाँ खेलाडी उत्पादनमा चुनौती छ । स्थानीय सरकार र खेलसँग सम्बन्धित युवा क्लब संस्थासँगको सहकार्य र सहयोग कमजोर रहेका कारण रणनीतिक रूपमा खेलप्रेमीहरूको मार्गदर्शन पर्याप्त रूपमा हुन सकेको छैन ।
हालैका दिनहरूमा सूर्यगढी गाउँपालिका र स्थानीय फुटबल खेल आवद्ध युवा क्लबबीच सहकार्य बढाउने पहलकार्य गरिएको छ । साथै प्रत्येक बर्ष हुने वडा स्तरीय प्रतियोगिताले फुटबलको गतिविधि जीवित राखेको छ ।
आर्थिक सहयोग जुटाउने योजना र स्थानीय सरकारको प्रतिबद्धताअनुसार आधुनिक सुविधाहरूमा सुधार ल्याउने अपेक्षा गरिएको छ । स्थानीय खेलप्रेमीहरूकाअनुसार पूर्वाधारको विकास र प्रशिक्षकहरूको व्यवस्थापनान सुधार गरिएमा सूर्र्यगढीका फुटबल खेलाडीहरूले राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाउन सक्छन् ।
सूर्र्यगढी गाउँपालिकामा फुटबल खेलले स्थानीय समुदायमा मनोरञ्जन र सामाजिक एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस्ता पहल र सुधारका कार्यक्रमहरू सफल भएमा यस क्षेत्रका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानमा आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर प्राप्त हुनेछ ।
खेलकुदको माध्यमबाट यहाँको खेल क्षेत्रमा मात्र नभएर स्थानीय संस्कृति, सामाजिक एकता र युवा शक्ति विकासमा पनि उत्कृष्ट सम्भावना देखिन्छ । आगामी दिनहरूमा सुधारका पहल भएमा ऐतिहासिक स्थल सूर्र्यगढीलाई फुटबलको नविन युगमा प्रवेश गराउन सकिने अपेक्षा छ । जसका लागि स्थानीय सरकार, खेलप्रेमी सूर्र्यगढीबासी लगाएत सम्पूर्ण बुद्धिजीवी महानुभावहरु एकठाउँमा उभिन पर्ने आवश्यकता छ ।
लेखक राजु तामाङ सूर्र्यगढी नव युवा क्लब सूर्र्यगढी गाउँपालिका, नुवाकोटका अध्यक्ष हुन् ।




