April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

खेलकुद क्षेत्रमा अराजकता मच्याउनेले महोत्सवमा विवाद सिर्जना गर्न खोजे : सदस्य सचिव बस्नेत

२०८१ फाल्गुन १६

1.8K

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेलकुद क्षेत्रमा अराजकता मच्याउन खोज्नेले प्रथम कोशी खेलकुद महोत्सव – २०८१ मा विवाद सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

आज विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको मैदानमा प्रदेशस्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै बस्नेतले खेलकुद क्षेत्रमा दादागिरी गर्ने, अराजकता मच्याउनेले खराब अभिप्रायले महोत्सवलाई विवादमा पार्न खोजेको आरोप लगाएका हुन् ।

mostbet

बस्नेतले नेपाल कराते महासंघको विधानले प्रदेशस्तरको कमिटीलाई मात्रै मान्यता दिएको बताउँदै विधानमा हुँदै नभएको जिल्ला कमिटीले आफ्नो अस्तित्वको दाबी गर्नु कानून सम्मत नभएको समेत स्पष्ट पारे । उनले कराते महासंघ हालसम्म कोशी प्रदेशको खेलकुद संघ/संस्था मार्गदर्शन मातहत दर्तासमेत नभएको र विधानमासमेत जिल्ला संरचनाको अस्तित्व नभएको हुँदा आफैले जिल्ला संघको घोषणा गरेर चिठी लेख्दैमा खेलकुद बोर्ड र मातहतको जिल्ला खेलकुद विकास समितिलेसमेत मान्यता प्रदान नगर्ने जानकारी गराए।

Advertisement

बस्नेतले खेलकुद क्षेत्रमा आराजकता मच्याउने खोज्नेहरुको कानुनी उपचारका लागि प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग सल्लाह गरिरहेको बताए ।

कराते प्रतियोगिताको उद्घाटन समारोहको कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले आफूले महानगरको प्रमुख हुँदा पाँचौ साफ महिला फुटबल विराटनगरमा आयोजना गर्न सफल भएको स्मरण गर्दै प्रदेश खेलकुद महोत्सवलाई आफ्नो सम्पूर्ण सहयोगहुने प्रतिवद्धता व्यक्त गरेका थिए । पराजुलीले समाजमा देखा परेको नकारात्मकतालाई खेलकुदको माध्यमबाट परास्त गर्न सकिने धारणासमेत व्यक्त गरेका थिए।

महोत्सव अन्तर्गतको कराते प्रतियोगिताको विभिन्न विधामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ।