काठमाडौँ । आगामी टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा बिहीबार नेपालले ओमानसँग खेल्दैछ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ ।
समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीबार हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।
टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ ।