काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तगर्त पहिलो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली युएई प्रस्थान गरेको छ ।
रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा टोलीमा आबद्ध हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
‘होम एन्ड अवे’ प्रणाली अनुसार हुने समूह चरणको आफ्नो पहिलो खेल नेपालले कात्तिक ३० गते घरेलु टोली युएईसँग दुबईमा खेल्नेछ ।
रक्षक योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
नेपाली फुटबल टोलीमा गोलकिपर किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल, रक्षक सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ, मिडफिल्डर लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल रहेका छन् भने फरवार्ड अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार रहेका छन् ।