काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ। बराबरी स्कोर बनाएका नेपाल र ओमानको खेलमा सुपर ओभरमा ओमानले उपाधि जितेको हो।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
उपाधि भिडन्तमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो।
खेल बराबरी भएसँगै खेलको निर्णय सुपर ओभरबाट हुने भएकोमा नेपाल पराजित भएको हो ।