April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मन्त्री लिम्बू र पौडी महासंघका अध्यक्षबीच छलफल

२०८० कार्तिक २१

1.6K

काठमाडौं । अन्तर्राष्ट्रिय पौडी महासंघ (वल्ड एक्वाटिक्स)का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलमले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुसँग भेट गरेका छन् ।

नेपाल पौडी संघको निमन्त्रणामा मुसलम मंगलबार बिहान नेपाल आएका हुन् । अध्यक्ष मुसलमलार्ई मन्त्री लिम्बूले आफ्नै कार्यकक्षमा स्वागत गरेका थिए ।

सो अवसरमा मानव जीवनमा पौडीको महत्व, नेपालका पौडी खेलको विकास र विस्तारका लागि महत्वपुर्ण छलफल भएको मन्त्री लिम्बुको सचिवालयले जनाएको छ ।

Advertisement

पुर्वमन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पौडी संघका अशोक बज्राचार्यलगायतका खेल पदाधिकारीहरू पनि मन्त्रीसँगको भेटवार्तामा सहभागी रहेका थिए ।