लन्डनमा घरेलु हिंसा पीडित सहयोगार्थ च्यारिटी डिनर आयोजना गरिदै
लन्डन । लन्डनमा घरेलु हिंसा पीडित सहयोगार्थ च्यारिटी डिनर हुने भएको छ । घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गर्न लागेको हो । आयोजकका अनुसार साउथ ह्यारोस्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका डिनरको आयोजना हुनेछ । च्यारिटी डिनरबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने जनाइएको छ ।...