मृगौलापीडित मन बहादुर थापा (केप्छाकी) मगरलाई नेपाल मगर युवा संघ, रुपन्देहीले बुटवलमा एक कार्यक्रम आयोजना गरी संघका केन्द्रीय महासचिब राम अस्लामी मगरको बिशेष उपस्थितिमा संकलित आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । संघका जिल्ला अध्यक्ष हेमन्त बहादुर बुढाथोकी मगरले बिभिन्न संघ संस्था, क्लब, ब्यबसायिक तथा सामाजिक ब्यक्तित्वबाट संकलन भएको १ लाख २५ हजार १ सय ५० रुपैयाँ मन बहादुरका बुवा कर्ण बहादुर केप्छाकीमगरलाई सहयोग हस्तान्तरण गर्दै सहयोगी (मन) दातालाई धन्यवाद सहित आभार प्रकट गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघका महासचिव अस्लामीले नेपाल मगर युवा संघले पहिचान र अस्तित्व स्थापित गर्नका निम्ती भाषिक, सांस्कृतिक, धार्मिक, सामाजिक न्याय र राजनीतिक अधिकारकालागि निरन्तर पैरबी गर्दै आएको छ, भने शिक्षा स्वास्थ्य तथा खेलकुददेखि मानबिय सामाजिक कार्यमा सहयोग गर्दै आएको बताए । यस अघी कोरोना कालमा पनि मगर युवा संघले राहत बितरणमा सकृयारुपमा लागेको स्मरण गराए । त्यसै गरी लुम्बिनी प्रदेशका भाषिक उपाध्यक्ष अन बहादुर सोती मगर, मगर फादर अफ हङकङ तथा अग्रज ब्यक्तित्व प्रेम बहादुर गलामी मगर, रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा, उपाध्यक्ष थर्क बार्हघरे, नेपाल मगर संघ, बुटवलका अध्यक्ष बसन्ती साठिघरे मगर, मगर महिला संघ बुटवलका सचिव आकृति थापा र एमजी क्लबका अध्यक्ष ओम सारु मगरले मृगौलापीडित मन बहादुरको स्वास्थ्य लाभको कामना गरेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल मगर युवा संघ, रुपन्देहीका पुर्व अध्यक्ष पहल सिंह राना, मगर युवा ब्यबसायी तुलजी सारु, चलचित्र संघ, रुपन्देहीका अध्यक्ष टिका आले, मगर संघका बुटवलका सकृय महिला उद्धमी खिमा थापा, चन्दा छन्त्याल, पत्रकार कपिल ज्ञवलीको उपस्थिती रहेको थियो । तिलोत्तमा–४ डिङ्गनगर स्थायी बसोबासा गर्दै आउनु भएका ३९ वर्षीय मन बहादुर विगत १२ वर्षदेखि डायलासिस गर्दै गराउँदै आएका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएपछि केप्छाकी मगरको उपचारार्थमा सहयोग पु¥याउने उद्देश्यले सहयोग संकलन गरेर आर्थिक सहयोग गरेको नेपाल मगर युवा संघका जिल्ला सचिव खेम आले मगरले बताए । साथै सहयोग अभियान निरन्तर जारी रहने छ कोहि सहयोग गर्न इच्छुक हुनुहुने महानुभावज्युलाई पुन हार्दिक अपिल पनि गर्दछौ मानव सेवा नै धर्म हो। मृगौलापीडित मन बहादुर थापा(क्यप्छकी)मगरको पुर्ण स्वास्थ्य लाभको कामना अध्यक्ष बुढाथोकी मगरले गरेका थिए ।