ह्याप्पी बर्थडे टु यू: रहर हो कि बाध्यता ?
ह्याप्पी बर्थडे मनाउने नेपालीे संस्कार होइननेपालमा सुरुमा राजामहाराजा तथा महान ब्याक्तित्वहरुको मात्र जन्मजयन्ती मनाइन्थ्यो । हिन्दु धर्मावलम्बीहरुले भगवानका जन्मजयन्तीहरू मनाउने गर्दछन् । बौद्ध धर्मलम्बीहरुले सिद्धार्थ गौतम बुद्धको जन्मजयन्ती मनाउछन् । साथै सामाजिक, राजनीतिक, साँस्कृतिक, साहित्यिक आदि महान् व्यक्तित्वहरुको जन्मजयन्ती मनाउने संस्कार छ । हिन्दुशास्त्रीय मान्यताअनुसार जन्मोत्सवका दिन पितृलाई स्मरण गरेर पूजा गर्ने, पुराणमा वर्णित अष्ट...