आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको छः देउवा
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् । नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिँदै उनले नयाँ वर्षसँगै दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्नुपर्ने बताएका हुन् । एक सन्देश जारी गर्दै सभापति देउवाले नेपाली...