March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

नेपाल पत्रकार महासंघ कुवेतको १५औं वार्षिकोत्सव सम्पन्न

1.5K

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सव ‘विदेश विमर्श’ र पत्रकार सम्मान गरी मनाएको छ ।

मध्य पुर्वी देश कुवेतको खैतानस्थित राजधानी रेष्टुरेण्टको सभाहलमा २ अगष्ट २०२४ शुक्रबारका दिन संस्थाका अध्यक्ष एकराज मल्ल (राज मल्ल)को सभाध्यक्षता, कुवेतका लागि नेपाली राजदूत श्री घनश्याम लम्सालको प्रमुख आतिथ्यता, नेपाली राजदूतावासका प्रथम सचिव प्रेमराज गौतम एवं एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, महासंघका संरक्षकहरू जय आले तथा नवराज पन्थीको विशेष आतिथ्यता एवं कुवेतको नेपाली समाजमा क्रियाशील संघसंस्थाका पदाधिकारी÷प्रतिनिधिहरूको आतिथ्यता र कुवतमा क्रियाशील मिडिया हाउसका सम्पूर्ण मिडियाकर्मीहरूको समुपस्थितिमा १५औं वार्षिक उत्सव मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत लम्सालले शुभकामना मन्तव्य दिँदै समाज सुधारको लागि यस किसिमका गतिविधि नियमित रूपमा हुनुपर्ने बताए भने शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूले महासंघको यस कार्यक्रमको सराहना गर्दै पुरस्कृत व्यक्तित्वलाई बधाई तथा शुभकामना दिएका थिए ।

Advertisement

शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूमा एनसीसी कुवेतका अध्यक्ष लामा, कार्यक्रमको प्रमुख प्रायोजक अलमुजैनी एक्सचेन्जका विजनेट डेभलपमेन्ट मेनेजर लगायतका वक्ताहरू रहेका थिए ।

वार्षिक उत्सव कार्यक्रममा ‘विदेश विमर्श’ शीर्षक अन्तर्गत कुवेतको नेपाली समाजमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने लब्धप्रतिष्ठित व्यक्तित्वहरूसँग समसामयिक विषयमा परिसंवाद शैलीमा विमर्श गरिएको थियो । विदेश विमर्श कार्यक्रममा खास गरी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपाली श्रमिकहरूका समस्याहरू, श्रमिकहरूका सेवासुविधा वृद्धि, विदेशबाट मतदान गर्न पाउने विषय लगायत श्रमिक मैत्री कार्य गर्न तथा श्रमिक सचेतना कार्यक्रम गर्न दूतावासको भूमिका, संघसंस्थाको भूमिका, राजनीतिक दलका भातृसंगठनहरूको भूमिका, कुवेतमा उद्यम गरीरहेका व्यवसायीहरूको भूमिका, वैदेशिक रोजगारसँग सम्बद्ध व्यवसायीहरूको भूमिका विषयमा कुराकानी भएका थिए ।

विदेश विमर्श कार्यक्रमका अतिथिहरूमा नेपाली राजदूतावास कुवेतबाट प्रथम सचिव प्रेमराज गौतम, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाली जनसम्पर्क समिति कुवेतका सभापति केशर घलान तामाङ, एनआरएनए कुवेतकी महिला उपाध्यक्ष रमिता योन्जन र सफल युवा व्यवसायी प्रेम गुरूङ रहेका थिए भने महासंघका तर्फबाट अध्यक्ष एकराज मल्ल (राज मल्ल), संरक्षक नवराज पन्थी, सल्लाहकार आनन्द आचार्य र पत्रकार शुरेश बुढाथोकी ‘फकीर’ सहजीकरण गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा घोषणा गरिएको स्वः माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार–२०२४ बाट पत्रकार आनन्द आचार्यलाई सम्मानित गरिएको थियो भने पुरस्कार घोषणा महासंघका संरक्षक जय आलेले महासंघको स्थापनाकालदेखि हालसम्म आइपुग्दाको महासंघको आरोहअवरोहको संक्षिप्त प्रस्तुति मार्फत गरेका थिए ।
महासंघका तर्फबाट सदस्य प्रेम कुमार जिमीले कार्यक्रममा उपस्थित अतिथीहरूलाई स्वागत गरेका थिए भने उपाध्यक्ष चन्द्र गोतामेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।