विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतीसौं वार्षिक प्रतिवेदन पेस भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयका प्रमुख खगेन्द्र प्रसाद रिजालले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम बिहीबार प्रदेशका प्रमुख खापुङसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतीसौं वार्षिक प्रतिवेदन (आ.व. ०८१/८२) पेस गरेका हुन् ।


