November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोशी प्रदेशमा खोरेत रोगविरुद्धको खोप सुरु

२०८२ कार्तिक २३

525

खोरेत रोग नियन्त्रणका लागि खोरेत रोगविरुद्धको खोप कोशी प्रदेशको १४ जिल्लामा एकैपटक सुरु भएको छ । कोशी प्रदेश भित्रका करिब १३ लाख पशुहरूलाइ १५ दिन भित्र खोरेत विरुद्धको खोप लगाउने उद्धेश्यले १००० जना भ्याक्सिनेटरहरू फिल्डमा परिचालन गरिएको छ ।

भ्याक्सिनेटरहरूको पारिश्रमिक प्रदेश सरकारले प्रदान गर्नेछ । खोरेत विरुद्धको खोपहरू केही संघीय सरकार बाट आएको छ भने ६ लाख डोज खोप प्रदेश सरकारले खरिद गरि किसानहरूलाइ उपलब्ध गराएको छ ।

प्रत्येक ६÷६ महिनामा लगाउनुपर्ने यो खोप इलाम जोनमा र बफर जोनमा ३ चरणको खोप कार्यक्रम आज बाट विधिगत रुपमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले उद्घाटन गरेका छन् ।

Advertisement

पहिलो चरणमा इलाम जिल्लालाइ खोरेत मुक्त क्षेत्र घोषणा गरिएको र चरणवद्ध प्रदेशलाई नै खोरेतमुक्त बनाएर किसानहरूको दुग्धजन्य परिकारहरूको उत्पादन र मासुजन्य उत्पादनको निर्यात गर्न सहज वातावरण बनाउने उद्धेश्यले प्रत्येक किसानहरू यस कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने कुरामा मन्त्रीले जोड दिए ।

त्यस्तै, किसानहरूले उत्पादन गरेका वस्तुहरूलाइ विदेश निर्यात गर्नको लागि प्रदेश सरकारले सकेको पहल कदमी लिने पनि मन्त्री हाङ्गामले बताए ।

प्रदेश सरकारले स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरेर कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम आफै उक्त कार्यक्रममा उपस्थित भई किसानहरूलाई कृषि व्यवसायमा लाग्न र प्रदेश सरकार सधैं किसानहरूसँगै रहेको आभास गराएका छन् ।