March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०
1:37:26 pm

इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुइँमा

1.1K

इटहरी । जेनजी आन्दोलनको कारण आगजनीमा परि इटहरी उपमहानगरपालिकाको कार्यपालिका भवन पूर्ण रूपमा क्षति भएको छ । कार्यपालिका भवन नभएपछि मङ्गलवार मेयर हेम कर्ण पौडेलले क्षतिग्रस्त संरचनाकै अगाडी भुँइमा कार्यपालिका बैठक राखेका हुन् ।

उपमेयर सङ्गीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत सहित कार्यपालिका सदस्यहरूको उपस्थितिमा बैठक बसेको हो । उपमहानगरपालिकाको क्षतिग्रस्त संरचनाको अवलोकन पछि बसेको बैठकले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गर्नेहरूलाई चाँडोभन्दा चाँडो कानुनी सजायको भागीदार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको अत्यावश्यक सेवा प्रवाहलाई असोज ४ गतेदेखि सुचारु गर्नको लागि तयारी अवस्थामा रहन कर्मचारी र वडाध्यक्ष हरूलाई आग्रह गरिएको छ ।

Advertisement