November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विराटनगरस्थित भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला

690

विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एकजनाको शव फेला परेको छ । सोमबार दिउँसो भाटभटेनीको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भाटभटेनीमा आगजनी गरेको मौकामा लुटपाट गर्न सुपरमार्केटभित्र पसेका व्यक्तिको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीकाअनुसार घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको छ । शव पूर्ण रूपमा जलेको अवस्थामा रहेको र पहिचान गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।