निषेधाज्ञाबीच फेरि सुरु भयो बर्दिबासमा प्रदर्शन
बर्दिबास – बालिका हत्या तथा बलत्कारविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मंगलबार एकजनाको मृत्यु भएपछि बर्दिबासमा प्रदर्शन सुरु भएको छ। बुधबार बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। प्रहरीको गोली लागेर मृत्यु भएका बर्दिबास नगरपालिका १ का संजय न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, गोली चलाउने दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने, बलात्कारीलाई कडा कारबाही गर्नुपर्ने लगायतको माग...