गण्डकी प्रदेशका ११ स्थानीय तह कोरोना व्यवस्थापनमा उत्कृष्ट
काठमाडौं–कोरोना महामारीको व्यवस्थापनका लागि उत्कृष्ट कार्य गर्ने सूचीमा गण्डकी प्रदेशका ११ स्थानीय तह परेका छन्। स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक–एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामका आधारमा ११ स्थानीय तह छनोट गरेर सूची...