April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डोटी जीप दुर्घटना अपडेट : मृतक संख्या चार पुग्यो

5K

डोटी- डोटीमा शनिबार मध्यराति भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

३ जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका-७ का वडाकासचिव मन्जु त्रिपाठी, उनकी सासू आमा र केआई सिंह गाउँपालिकाका ४० वर्षीय हरि नारायण भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।

Advertisement

डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट र डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरीलाई उपचारका लागि दिपायल पठाइएको छ ।