April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उपत्यकाका घरघरमा पुगेर स्वाब संकलन गरिँदै

2.3K

काठमाडौं – काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाव संकलन तीव्र बनाएको छ। 

उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको हो। 

कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकहरुको स्वाव संकलन महानगरले गरिरहेको छ। 

Advertisement

महानगरले कन्ट्याक ट्रेसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका जेष्ठ नागरिक र असहायहरूको स्वाव संकलन गरिरहेको महानगरको स्वाव संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताए।

महानगरले मोबाइल भ्यान मार्फत स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाउने गरेको पनि उनले बताएका छन्।

११ नम्बर वडाका सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरूमा ट्रेसिङमा परेका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयमा स्वाब संकलन भइरहेको बताए।