April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाल्पा र स्याङ्जाका थप दुई कोरोना संक्रमितको मृत्यु

2.4K

पाल्पा– पाल्पा र स्याङजाका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।

पाल्पाको बगनासकाली गाउँपालिका-१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका-४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ गते अस्पताल भर्ना भएका थिए ।

Advertisement

मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।