लुम्बिनीको स्वास्थ्य राज्यमन्त्री वलीलाई कारबाही गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन
बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर परिसरमा प्रदर्शन भएको छ। मन्त्री वलीले आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मीना बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेकी थिइन्। घरभित्रै पुगेर महिला र बालिकामाथि कुटपिट गरेको भन्दै मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै स्थानीय महिलाले इप्रकाअगाडि प्रदर्शन गरेका छन्। मन्त्री...