April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गण्डकी र लुम्बिनीका एमाले सांसद स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने

3.8K

काठमाडौं । नेकपा एमालेले गण्डकी र लुम्बिनी प्रदेशका सांसदहरुलाई मेयरको टिकट नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले यी दुई प्रदेशका सांसदलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने रणनीति बनाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनले भने, ‘सरकार बनाउने सम्भावना कायम रहेकै प्रदेशमा सांसदलाई मेयरको टिकट दिएर आत्मघाती खेल खेल्दैनौं ।’

बागमती प्रदेशमा सत्ता परिवर्तनको सम्भावना न्युन भएकाले प्रदेश सांसद विजय सुवेदीलाई भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाइएको उनले बताए ।

Advertisement

गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका महानगर र उपमहानगरमा प्रदेश सांसद् समेत मेयरका आकांक्षी छन् ।

साथै एमालेले महानगर र उपमहानगरपालिकाहरुमा सहमति गरेका राप्रपा नेपाल, परिवार दलबाहेक माओवादी केन्द्र र कांग्रेससँग पनि स्थानीय तहमा गठबन्धन गर्न सक्ने जनाएको छ ।