बुटवल । लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको ठहर भएको छ । ओलीले आवेगमा माओवादी कार्यकर्ता एकराज बस्नेतको घरमा गएर पदीय मर्यादा विपरीत काम गरेको छानबिन समितिले ठहर गरेको हो ।
सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले वलीबाट विवादित व्यक्तिको घरमा गएर पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको निश्कर्षसहितको प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको छ ।
छानबिनबाट ओलीसँग सापटी लिएको रकम एकराज बस्नेतले फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखिएको छ । विमलाले एकराजसँग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको जनाइएको छ ।
मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने मुख्यमन्त्री केसीले बताए । एकराजले घरमै छु भनेर बोलाएको ,घरमा जाँदा उनी नभएको तर धेरैजना आफन्त र पत्रकार समेत पुगिसकेकाले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको पनि आशंका रहेको मुख्यमन्त्रको भनाइ छ । प्रतिवेदनको विस्तृत अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने मुख्यमन्त्री केसीले बताए ।
विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी थिइन् । उनको राजीनामा १५ गते स्वीकृत भएको थियो ।